Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १५ गते ।

प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गौरमा कार्यरत उनलाई प्रहरीे प्रधान कार्यालयले सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीे प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीमध्ये रागनीलाई सर्वोत्कृष्टसहित प्रथम चयन गरेको हो ।
असई रागनीले घरेलु हिंसाको उजुरी, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र लगायत मुद्दामा उत्कृष्ट काम गरेकाले विभागले नगद र प्रशंसापत्र दिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पूर्ण व्यावसायिक तरिकाले कार्य सम्पादन गरी लैङ्गिक हिंसा न्यूनीकरण एवं लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन, उल्लेखनीय योगदान तथा प्रेरणादायी भूमिकाको कदर गर्दै आइतबार प्रसनि रागनीलाई ४० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेका छन् ।

अर्घाखाँची प्रहरी चौकी बालकोटकी प्रहरी हवल्दार शान्ता खत्री र जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी हवल्दार उमा तामाङलाई समेत नगद र प्रशंसा–पत्र प्रदान गरिएको छ । खत्री दोस्रो भई ३० हजार र तामाङ तेस्रो भई २० हजार नगद पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *