Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १० गते ।

मधेश प्रदेश सरकारले स्नातक पढेर बेरोजगार रहेका युवालाई मासिक भत्ता र धानबालीमा क्षति व्यहोरेका किसानलाई राहन दिने तयारी थालेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले बेरोजगार युवालाई मासिक २ हजार र खडेरी तथा डुबानबाट भएका धानबालीमा क्षति व्यहोरेका किसानहरुलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने भएको हो । यसरी किसानहरुलाई राहत दिंदा ३६ करोड र युवाहरूलाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरेका मुख्यमन्त्री यादवले यो जानकारी दिएका हुन् ।

यो वर्ष लामो समय खडेरीको मारमा परेका मधेशका किसानहरु गत असोजको अविरल वर्षाबाट डुबान पीडित भएका थिए ।

यस्तै, प्रदेशमा रहेका १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई जीवन निर्वाह भत्ताबापत मासिक २ हजारको दरले भत्ता उपलब्ध गराउने योजना रहेको मुख्यमन्त्री यादवले बताए । उनले सर्वोच्च अदालतले दीर्घकालीन र नीतिगत निर्णय नगर्न भनेकाले ढिलो भएको बताए । यादवका अनुसार करिब १ लाख ४८ हजार यस्ता युवा मधेश प्रदेशमा रहेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *