सामाजिक फीड-
जनकपुरधाम, मंसिर १२ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ हुँदै आएको छ ।
बिहीबारको लागि पेसी तोकिएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहितका ७४ सांसदहरु, रकीप्रसाद साह लगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
साहको रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने खालका कुनै काम नगर्न आदेश दिएको थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर गत कात्तिक २२ मा राजीनामा दिएपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
बिरामी भएको बहानामा उपचारको लागि काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटेलमा यादवलाई मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएपछि चर्को आलोचना व्यहोरेकी भण्डारीलाई सरकारले प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो ।