Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १० गते ।

सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार साँझ लालबन्दी नगरपालिका ७ मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका २ का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगोले जलेर घाइते भएका पोखरेललाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात थप उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएकोमा उपचारकै क्रममा आज बिहान २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

पोखरेलले आत्मदाह गर्नुको कारण खुल्न सकेको छैन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *