सामाजिक फीड-
जनकपुरधाम, मंसिर ११ गते ।
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएको छ ।
गत आवमा पहिलो चार महिनामार १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।
वीरगञ्ज नाका हुँदै १७ अर्ब ३२ करोडको भटमासको तेल र दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीले बताए ।