सामाजिक फीड-
जनकपुरधाम, मंसिर १६ गते ।
मधेस प्रदेशसभा सदस्य पदमा दुई पटक प्रत्यक्षमा निर्वाचित शारदा देवी थापा नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन ।
एमालको एघारौं महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा संस्थापन पक्ष निर्वाचित भएको हो ।
सोमबार १० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मतदानमा ९ जना संस्थापन पक्षका विजयी भएको एक नेताले बताए ।
महाधिवेशन प्रतिनिधिको मतदानमा इतर पक्षले पराजय बेहोरेको छ । महोत्तरी क्षेत्र नं. १ ९क०बाट दुईपटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद थापा समेत महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।
थापा ३ मत अन्तरले पराजित भएकी हुन् । उनले इतर पक्षको नेतृत्व गरेकी थिइन् ।