आरती साह मृत्यु प्रकरणको छानबिन गर्न डीआईजी नेतृत्वको टोली जनकपुरमा
सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते । आरती साह मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको एक टोली जनकपुर पठाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीका नेतृत्वमा पाँच सदस्यीय टोली जनकपुर पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले जानकारी दिए । जोशीसँगै केन्द्रीय अनुनसन्धान ब्यूरो ९सीआईबी० मा कार्यरत एसपी होविन्द्र […]
सिरहामा मनि ट्रान्सफरको १५ लाखभन्दा बढी रकम लुटियो
सामाजिक फीड, सिरहा, २५ चैत। सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटपाट भएको छ । सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो। भारतीय नम्बर मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प […]
लागुऔषधसहित तीन जना पक्राउ युवा प्रहरी नियन्त्रणमा
सामाजिक फीड, सिरहा २५ चैत। सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सिरहाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं.वर्ष ३८ का रामएकवाल गिरी, लहान नगरपालिका १९ छर्रापट्टिका वर्ष २४ का संतोषकुमार साह र कटहा चौक बस्ने वर्ष २५ का शिवनाथ महतोलाई प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित नियन्त्रणमा […]
रौतहटमा ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु
सामाजिक फीडजनकपुरधाम। २५ गते । रौतहटको गुजरा नगरपालिका स्थित जंगलासैयामा आज बिहान ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । रौतहटमा ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्युधन्सारबाट जंगलसैयातर्फ आउँदै गरेको ७ त ७५७ नम्बरको धागो काट्ने ट्याक्टरले ठक्कर दिँदा गुजरा नगरपालिका(४ मुस्लिमटोलस्थित मामाघर बस्दै आएका १३ वर्षीय शेष सहनबाजको मृत्यु भएको प्रहरीले जानकारी दिएको […]
चिट चोर्न प्रयोग भएका तीन हजार मोबाइल फिर्ता
सामाजिक फीड, रौतहट,२५ चैत । भर्खरै सकिएको एसईई परीक्षामा विद्यार्थीले चिट चोर्नका लागि प्रयोग गरेका मोबाइलहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ । यस वर्ष रौतहटमा एसईई परीक्षामा व्यापक रूपमा डिजिटल चोरी मौलाएको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट करिब ३ हजार मोबाइल […]
एमालेको बारा अध्यक्षमा पाण्डेय निर्वाचित
बारा, २५ चैत्र । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्। उनले ३७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए। उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेकी थिइन् । यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको […]
ठूलो परिमाणमा लागुऔषध बरामद्, दुई जना पक्राउ
सामाजिक फीड, सर्लाही २४ चैत । सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तीन हजार ट्याब्लेटसहित हरिवन नगरपालिका–७ चिताइनका २८ वर्षीय पिन्टुकुमार गुप्ता र ३० वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो। लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा प्रहरीले ज. ४ प ५१३६ नम्बरको मोटरसाइकल चेकजाँच […]
बसले ठक्कर दिँदा एक ट्राफिक प्रहरीकाे मृत्यु
सामाजिक फीड, बारा, २४ चैत । बारामा बसले ठक्कर दिँदा डियुटीमा रहेका एक ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । गएराति बसले ठक्कर दिँदा प्रहरी जवान पर्साकाे छिपहरमाई गाउँपालिका मिर्जापुरका मुनटुन यादवको मृत्यु भएको हो । प्रहरी जवान यादवलाई अमलेखगञ्ज चोकमा राति ११ बजे काठमाडौँबाट काँकरभिट्टाका लागि हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसले ठक्कर […]
भ्रष्टाचार मुद्दामा सप्तरीको विष्णुपुरका अध्यक्ष यादवले पाए सफाइ
सामाजिक फीड, सप्तरी, २३ चैत्र । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले अध्यक्ष यादवलाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले अध्यक्ष यादवसहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई […]
ग्याँस लिक भएर रौतहटमा आगलागी ६ लाखभन्दा बढीको क्षति
सामाजिक फीडजनकपुरधाम, चैत्र २३ गते । भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौंको क्षती भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस […]