सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २७ गते ।
सिराहा जिल्ला प्रहरी कार्यालयले अवैध लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।
सिराहा नगरपालिका-१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
रोकी चेकजाँचका क्रममा, बाटो छेउमा रोकी राखिएको स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका-१७ पटेर्वा बस्ने २५ वर्षीय राम जीवन यादव र पछाडि सवार २७ वर्षीय दीपककुमार यादवको साथबाट ब्राउन सुगर जस्तो देखिने २४ ग्राम ८२० मिलीग्राम गिलो पदार्थ प्लास्टिकमा फेला परेको थियो।
त्यसैगरी, हिजो साँझ सिराहा नवराजपुर गाउँपालिका-५ स्थित कुसण्डीबाट जगतपुर जाने बाटोमा इलाका प्रहरी कार्यालय झाझपट्टी सिराहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १० प ५३२६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा, चालक २० वर्षीय ऋषि कुमार यादव ९नवराजपुर-१० र पछाडि सवार १८ वर्षीय देवेन्द्र कुमार यादव ९भगवानपुर–५० को साथबाट विभिन्न लागुऔषध जस्तै डाईजोपाम एम्पुल, प्रोमेथाजाईन एम्पुल, ब्रुफेनफाईन एम्पुल र सिरिन्ज बरामद गरिएको थियो।
प्रहरीले बरामद पदार्थसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।