Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक २५ गते ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज बिहानै मधेश भवन पुगेका छन्। सोमबार नियुक्ति र शपथलाई लिएर मधेश भवनमा उत्पन्न तनावपूर्ण अवस्थापछि उनले आज बिहानै भवन प्रवेश गरेका हुन्।

प्रदर्शनका क्रममा भएको तोडफोडको अवलोकन गर्दै मुख्यमन्त्री यादवले सोमबारको घटनाप्रति र प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे। उनले राष्ट्रिय झण्डाको अपमान, कर्मचारीमाथि कुटपिट र सार्वजनिक सम्पतिमा क्षति हुँदासमेत प्रहरीले किन दर्शक बनेर हेर्‍यो र दोषीलाई पक्राउ नगरेको भन्दै प्रश्न उठाए।

मुख्यमन्त्री यादवले तोडफोडमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

संविधानको धारा १६८९३० अनुसार ठूलो दलको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भएका यादवले सोमबार बिहान बर्दिबासस्थित पानस होटलमा शपथ ग्रहण गरेका थिए। त्यसपछि मधेश भवनभित्र र बाहिर शपथविरुद्ध प्रदर्शन हुँदै तोडफोडसमेत भएको थियो।

अवस्था अत्यधिक तनावपूर्ण बनेपछि उनी सोमबार जनकपुरधामस्थित आफ्नै निजी निवासमा बसेका थिए।
साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाध्यात्मक परिस्थितिका कारण बाटोमै शपथ लिनु परेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *