सामाजिक फीड
जनकपुरधाम, कार्तिक २५ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशनको अवज्ञा गर्दै मधेस प्रदेश सरकारमा मन्त्री बनेकी प्रदेशसभा सदस्य कञ्चन विच्छा आफ्नो अडान कायमै राखेकी छिन्।
मुख्यमन्त्री सरोजकुमार यादवको मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनी निर्धक्क रूपमा सहभागी भएकी छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट नबाहिरिए कारबाही गर्ने चेतावनी दिएपनि उनले पार्टीको निर्देशनको अवज्ञा गरेपछि यो विषयले थप चर्चा पाएको छ।
मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेकै दिन राप्रपाकी प्रदेश सांसद विच्छालाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए ।
तर, पार्टी अध्यक्ष लिङ्देनले तुरुन्तै विज्ञप्ति जारी गर्दै विच्छालाई सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिएका थिए।