सामाजिक फीड
जनकपुरधाम, कार्तिक २५ गते ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार असहज परिस्थितिका बीच मधेश भवन पुगेर पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणको क्रममा मधेश भवन बाहिर सात राजनीतिक दलका सांसद र कार्यकर्ताहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।
विरोधका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरी भिड तितरबितर पारेको हो।
यस घटनापछि मधेश भवन आसपासको क्षेत्र केही समयका लागि तनावपूर्ण बनेको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।