Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक २५ गते ।

मधेस प्रदेशमा नेकपा एमाले नेतृत्वमा बनेको सरकारविरुद्ध सात दलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मुद्दा दायर गर्न ७ दल सर्वोच्च पुगेका हुन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

नेपाली कांग्रेससहित सात दलले उक्त कदमको विरोध जनाउँदै संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन हुन सक्ने सम्भावना हुँदाहुँदै गलत आधारमा यादवलाई नियुक्त गरिएको दाबी गरेका छन्।

यही कारण देखाउँदै ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेका छन ।

मुद्दा दायर गर्न कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जैनुल राइन, प्रदेशसभा सदस्य मनिष सुमन, अधिवक्ता दिपेन्द्र झा लगायत सर्वोच्च पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *