Samajik Feed – News Portal from Nepal

धनुषामा पुरुषको शव फेला

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ। पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक आरोपीलाई लियाे नियन्त्रणमा

सामाजिक फीड, वीरगन्ज, १८ वैशाख । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ । झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको स्रोतको दाबी छ । उनको साथबाट प्रहरीले […]

रौतहटमा भुस र पराल जलेर नष्ट

रौतहट, वैशाख १६ गते । रौतहटको  यमुनामाई गाउँपालिका स्थित अचानक भएको आगलागी बाट गाई बस्तुको लागि सात जनाले स्टक गरिराखेको ठूलो परिमाणमा भुंस र पराल जलेर नष्ट भएको छ । यमुनामाई १ जेठरहिया गाउँका  राम श्रेष्ठ राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी ,महेश राउत , ओम प्रकाश राउत, रमसेवक सहनी, रामपुकार सहनीले गाउँ छेउमै […]

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट, १६ वैशाख । कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चार दिनअघि लगाएको ताला खोलिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतवार बिहान बसेको सर्वपक्षीय बैठकमा भएको सहमतिपछि पूर्वाधार विकास कार्यालयको ताला खोलिएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति सुनिलकुमार यादवको अगुवाइमा कांग्रेसका नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयको ताला खोलेका […]

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

पर्सा, १६ वैशाख । पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । रौतहट, कटहरिया नगरपालिका-२ […]

धनुषामा टेन्ट घरमा आगलागी हुँदा ६ लाख बढीको क्षति

सामाजिक फीडजनकपुरधाम, वैशाख १५ गते । धनुषामा टेन्टको सामाना राख्ने घरमा आगलागी हुँदा ६ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको टेन्टको सामान राख्ने घरमा गएराति साढे १० बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, लत्ताकपडा, अन्नपात, नगद गरी […]

फेरि आन्दोलनमा जाने मिटरब्याज पीडितको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, वैशाख १४ गते । मिटरब्याज पीडितहरूले फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन् । शुक्रवार लहानमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन् । मिटरब्याज पीडितसँग सरकारले पटकपटक सहमति गरेपनि सरकार इमानदार नदेखिएको पीडितहरूको गुनासो छ । मिटरब्याज पीडितलाई न्याय दिनुको साटो पछिल्लो समय प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी पक्राउ गर्ने, […]

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीडजनकपुरधाम, बैशाख १४ गते । महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १३ वैशाख । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पर्सा प्रहरीका अनुसार आज बिहान वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । उनको नाम पहिचान भएपनि ठेगाना पहिचान भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको […]

धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडप,९ शेल आश्रुग्यास प्रहार

सामाजिक फीडजनकपुरधाम, बैशाख १३ गते । धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका १ पौडेश्वरस्थित सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा तीनजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिती तनावग्रस्त बनेपछि प्रहरीले ९ […]

error: Content is protected !!