Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २४ गते ।

सामुहिक बलात्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर साह (हिरा) पक्राउ परेका छन्।

१३ वर्षीया नाबालिकालाई दुई दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले भारतबाट पक्राउ गरि ल्याएको हो ।
२०७९ को स्थानीय निर्वाचनमा जनकपुरमा मेयरको उम्मेदवार बनेर पराजित साह एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि समेत हुन्।

विवाहपञ्चमीलगत्तै जनकपुरधामको एक होटलमा बालिकालाई उनीसहित चार जनाले जबरजस्ती गरेको आरोप छ । सोही मुद्दामा हिराका भाइ मनोज साह केही दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए ।
हिरा एमालेबाट २०७९ सालको जनकपुरधाम नगर प्रमुखको उम्मेदवार थिए ।

नेता रघुवीर महासेठका निकट सहयोगी मानिने उनी जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, उद्योग वाणिज्य महासंघ मधेशका संस्थापक अध्यक्ष समेत हुन्।
उनलाई भारत बिहारको सीतामढीबाट पक्राउ गरेर मंगलबार धनुषा प्रहरीमा उपस्थित गराइएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेशबहादुर बमले जानकारी दिए।

घटनामा यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रवक्ता डिएसपी बमले बताए ।
यीबाहेक यही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामा समेत पक्राउ परेका छन् ।
बालिका अहिले सेफ हाउसमा बसिरहेका छन् । उनले दिएको जाहेरीको आधारमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *