सामाजिक फीड
जनकपुरधाम, मंसिर १९ गते ।
महोत्तरीमा नलकटुवा पेस्तोल सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन ।
सशस्त्र प्रहरीले एकडारा गाउँपालिका–४ हलखोरी चोकमा जाँचको क्रममा भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको हो ।
महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीका अनुसार बिहार सीतामढी पटदौरा ग्राम पञ्चायत सिराहीपटिका २६ वर्षीय सरोजकुमार कुर्मीलाई पक्राउ गरिएको हो । कुर्मीले चढेर आएको होन्डा साइन मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइराखिएको कटुवा पेस्तोल एक थान र गोली एक थान बरामद भएको हो ।
हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।