Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, मंसिर २ गते ।

सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । आइतबार बिहान हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले हरिवनस्थित नियन्त्रणमा लिएको हो ।

एम्बुलेन्ससँगै चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादव पनि पक्राउ परेका छन् ।
यस्तै, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिकाको वडा नं। १४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित पक्राउ गरिएको हो

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *