Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, मंसिर २ गते ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्।

सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले विश्वासको मत आगामी मंसिर २४ गते प्रस्तुत गर्ने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले बताए।

नेपाली कांग्रेसबाट मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादव आज नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना रहेको उनको पक्षका स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *