Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, मंसिर १ गते ।

राप्रपा नेपालकी प्रदेश मधेस प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ।

संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि बिच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । उनलाई राप्रपाले तत्काल सरकारबाट बाहिरिन निर्देशन दिए पनि अटेर गरेपछि उनको प्रदेश सभा सदस्य खारेज गर्न प्रदेश सभालाई मंसिर १२ गते पत्राचार गरेको थियो।

प्रदेश सभा सदस्य विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरेको सूचना सहित आवश्यक कारवाहीको लागि अनुरोध भन्ने पत्र राप्रपाले पठाएको थियो ।

प्रदेश सभा कार्यसंचालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेश सभा कार्यसंचालन सम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *