Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, मंसिर १ गते ।

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दल सहमतिनजिक पुगेको छ । मधेसको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको दाबी कायम रहँदा पनि सात दलले आफूहरू सहमतिनजिक पुगेको जनाएको हो ।


जनता समाजवादी पार्टी ९जसपा० नेपालका प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कांग्रेसका दलका नेता कृष्णप्रसाद यादव र लोसपाका जितेन्द्र सोनलको दाबी कायम रहेको बताए ।उनले दुबैजनाको दाबी अझै कायम रहेपनि दुबै जनाले सात दलको गठबन्धनले गर्ने निर्णय मान्य हुने भने । उनले सात दल लगभग सहमति नजिक रहेको भन्दै आज फेरि बैठक बसेर यसको टुंगो लगाउने बताए ।


बिहीबारको बैठकमा सहभागी एक नेताले भने सात दलीय गठबन्धनले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सहमतिमा पुगेको बताए । उनले सहमति लगभग भइसकेको र अहिले बाहिर ल्याउँदा एमालेलगायतले खेल्न सक्ने भनेर गोप्य राखिएको बताए ।
बिहीबार अबेर राति सम्पन्न सात दलको बैठकपछि उत्साहित भएर बाहिर निस्केका नेता–सांसदले सबै विषय टुंगिएको र शुक्रवार दिउँसो प्रदेश प्रमुखकहाँ सरकार बनाउन दाबी पेस गर्ने प्रतिक्रिया दिएका थिए ।


सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिनु नभए संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु भनेर जारी गरेको परमादेशअनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रवार साँझ ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समय दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *