Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २१ गते ।

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोले मन्दिरमा गरे छलफल जनकपुरधाम ।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै छलफल भएको छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनकपुरधामस्थित जानकी मन्दिरको निरीक्षण तथा मूल्याङ्कनका लागि खटिएको युनेस्को टोली र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवबिच आइतबार छलफल भएको हो।

छलफलका क्रममा युनेस्कोको टोलीले मन्दिरको ऐतिहासिक महत्त्व, वास्तुशिल्प, मौलिकता, संरक्षणको वर्तमान अवस्था तथा भविष्यमुखी योजनाबारे जानकारी लिएको हो । युनेस्को टोलीले मन्दिरको दिगो संरक्षण सुनिश्चित गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन प्रणाली, सरसफाइ, पर्यटक व्यवस्थापन लगायतका विषयमा प्रत्यक्ष अवलोकन गरेको जनाइएको छ।

भेटका क्रममा मन्दिरका उत्तराधिकारी महन्त दासले जानकी मन्दिर केवल धार्मिक केन्द्र मात्र नभई मिथिला संस्कृतिको जीवित सभ्यता भएको बताए। दासले मन्दिरको मौलिकता, वास्तुकला र आस्थालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन विश्व सम्पदा सूचीमा सूचीकृत हुनु अत्यन्त आवश्यक रहेको बताए ।

युनेस्को टोलीले आवश्यक कागजात, ऐतिहासिक प्रमाण संरक्षण योजना र भौतिक अवस्थाको थप अध्ययनपछि अन्तिम प्रतिवेदन तयार पार्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *