सप्तरीमा देवर र भाउजूको जबर्जस्ती बिहे गराएर गाउँ निकाला
![](https://samajikfeed.com/wp-content/uploads/2024/03/0470262d-e8fc-47d8-a7c2-b35f1505332d.jpeg)
टुडेपाटी-जनकपुरधाम, चैत १६ गते । सप्तरीको सुरुंगा नगरपालिकामा अनैतिक सम्बन्धको आशंकामा देवर र भाउजूको जबर्जस्ती गाउँलेले विवाह गराएर गउँ निकाला गरिएको छ । गत सोबार देवर भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले यस्तो निर्णय गरेका हुन् । सुरुंगा नगरपालिकामा ७ हरिपुरका ती भाउजू र देवरलाई अनैतिक सम्बन्धको आरोप लगाएर गत मंगलबार पूर्ववडाध्यक्ष धनिकलाल साहको नेतृत्वमा पञ्चायतमा […]
घरमा लुकाइ राखेको कटुवा पेस्तोलसहित सिरहाबाट एकजना पक्राउ
![](https://samajikfeed.com/wp-content/uploads/2024/03/हतियार२-1024x688.jpg)
सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । सिरहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । सिरहाको सिरहा नगरपालिका २ का ४९ वर्षीय विजय यादवलाई प्रहरीले घरमा लुकाइ राखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा बुधबार अपराहन्न ४ बजे उनको घर खानतलासी गर्दा कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि सिरहा जिल्ला […]
एसईईमा महोत्तरीका सामुदायिक विद्यालयबाट छात्रको तुलनामा छात्रा बढी
![](https://samajikfeed.com/wp-content/uploads/2024/03/see-mahottri-1024x537.jpg)
रासस-महोत्तरी, चैत १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय […]
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
![](https://samajikfeed.com/wp-content/uploads/2022/11/road-accident-16374704424x3-1-1024x768.webp)
सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदा एकयुवकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ३ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ नयाँ रोडमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएका छन् । दुर्घटनामा चालकको मृत्यु हुँदा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ। […]
रौतहटमा घरायसी झगडामा श्रीमान्ले गरे श्रीमतिको हत्या
![](https://samajikfeed.com/wp-content/uploads/2024/03/death_JvuG08585c_M3kTHOyotM.jpg)
सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । रौतहटमा श्रीमान्ले हँसिया प्रहार गरि श्रीमतिको हत्या गरेका छन । वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्ले श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । वृन्दावनको बलरी गाउँस्थित तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा श्रीमती ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी […]
धनुषामा भारतीय कारले ठक्कर दिँदा एक युवकको मृत्यु
![](https://samajikfeed.com/wp-content/uploads/2024/03/434022516_122156217470074895_6344296772270632862_n.jpg)
सामाजिक फीड- जनाकपुरधाम, चैत १३ गते । धनुषामा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह छन् । आज बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर पर्फ जँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई […]
जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु
![](https://samajikfeed.com/wp-content/uploads/2023/04/Dead-body-girl.jpg)
सामाजिक फीड-जनकपुरधाम, चैत १३ गते । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा साहीलाई करेन्ट लागेको थियो । उपचारको […]
मधेशका सभामुख मण्डल बने महामूर्ख
![](https://samajikfeed.com/wp-content/uploads/2024/03/Ramchandra-mandal-1024x535.jpg)
सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल यसवर्षका महामूर्ख घोषित भएका छन् । उनलाई मिथिला नाट्यकला परिषद जनकपुरले हाँस्यव्यंग्य महामूर्खको उपाधि प्रदान गरेको हो । होली पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको राम मन्दिरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्ख घोषित गरिएको हो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान […]
मध्यमा परिक्रमा आज जनकपुरधाम फर्किदै
![](https://samajikfeed.com/wp-content/uploads/2024/03/1678087858473-1024x493.jpg)
सामाजिक फीडजनकपुरधाम, चैत ११ गते । मिथिलाको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किदै छ । १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्किरहेका छन् । आज जनकपुरधाममा बास बस्ने परिक्रमा यात्री भोलि अन्तरगृह परिक्रमा गरेपछि घर फर्कन्छन् । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी […]
मोनाष्टिकको प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न
![](https://samajikfeed.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-03-22-at-5.01.19-PM-1-1024x681.jpeg)
जनकपुरधाम, ९ चैत्र । मधेश प्रदेशकै चर्चित मोनाष्टिक स्कुलले मोनाष्टिक प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ । दिक्षान्त समारोहको रमाइलो उत्सवमा २०५ जना छात्रछात्राहरूले आ-आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा चिन्ह लगाएका हुन् । युकेजी कक्षाका छात्रछात्राहरूले मञ्चमा आफ्ना प्रतिभाहरू प्रदर्शन गर्नु साथ उनीहरूले सांस्कृतिक नृत्य तथा आकर्षक नाटकहरूसमेत प्रदर्शन गरेका थिए । […]