सामाजिक फीड-
जनकपुरधाम, मंसिर २८ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस भएको छ । लोसपाको शनिबार बसेको जिल्ला समितिको बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मिथलेश यादवले बताए ।
सर्लाहीबाट दुई पटक चुनाव हारेका ठाकुर २०७९ को चुनावमा महोत्तरी ३ बाट निर्वाचित भएका थिए ।
यस्तै, प्रत्यक्ष तर्फ सर्लाही १ बाट लोसपा नेपालका उपाध्यक्ष रामप्रकाश चौधरी र सर्लाही ४ बाट महासचिव मनिष मिश्र तथा ३ बाट सचिव रामेश्वर रायको एकल नाम सिफारिस भएको छ । सर्लाही २ बाट भिनुकलाल राय, रञ्जितकुमार ठाकुर, वीरवंश बैठाको नाम सिफारिस भएको हो ।
समानुपातिक तर्फ ठाकुरका साथै अञ्जुदेवी बैठा, मिनादेवी महतो, सरिता देवी साह, सुनिताकुमारी देवी, कामरेन्द्र वर्मा, रेखाकुमार साहको नाम पनि सिफारिस भएको सचिव यादवले बताए ।