Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २९ गते ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि बाराबाट सिफारिस भएको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ३ बाट पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको नाम सिफारिस गरिएको हो ।

क्षेत्रीय सभापति प्रभात चौरसियाका अनुसार प्रत्यक्षतर्फ देउवासहित केन्द्रीय सदस्य एवं निवर्तमान सांसद फर्मुल्लाह मन्सुर, जिल्ला सचिव मनोज भट्ट, परवेज अन्सारी, भोजराज भट्टराई, बजरङ्गी साह, जङ्गबहादुर चौरसिया, प्रकाश रिजाल, रविकरण साह र अम्बिका ठाकुर गरी १० जनाको नाम सिफारिस गरिएको हो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा बारामा राजनीतिक दलहरू उम्मेदवार छनोटमा सक्रिय देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *