सप्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । सप्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सप्तकोशी २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लेडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरदेखि पश्चिम रहेको परसाहा सामुदायिक वनमा बिहीबार साँझ घाँस काट्न गएका पुवेलको सोही क्रममा कर्माको रुखको हाँगा भाँचि रुखबाट भुईमा लडी घटनास्थलमा मृत फेला […]
मधेस सरकार विस्तार एवं विश्वासको मत लिने सम्बन्धमा सत्तरुढ दलहरुको बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । मधेस सरकार विस्तार एवं विश्वासको मत लिने सम्बन्धमा सत्तरुढ दलहरुको बैठक बस्दै जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तार तथा विश्वासको मतबारे आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो […]
सर्लाहीमा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ६ गते । सर्लाहीमा प्रतिबन्धित लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कौडेना गाउँपालिका–१, सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर र ३० वर्षीय लोजा बैठा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कौडेना गाउँपालिका–२, फुलपरासीस्थित हुलाकी राजमार्ग खण्डमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमान्डमा खटिएको […]
थिलाञ्चल क्षेत्रमा आज भरद्वितीया मनाइँदै

राससमहोत्तरी, कार्तिक ६ गते । महोत्तरीसहित तराई–मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । त्यसैले गत शनिबार […]
रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ५ गते । रौतहटको गौर नगरपालिकाका पूर्ववडाध्यक्षको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । गौर नगरपालिका-५ का पूर्ववडाध्यक्ष रामस्वार्थराय यादवको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौरस्थित आफ्नै बाख्रा फर्ममा पानी भर्न मोटर चलाउने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि […]
वीरगञ्जमा व्यापारीक प्रतिष्ठानमा आगलागी

सामाजिक फीड-जनकपुरधाम, कात्तिक ५ गते । पर्साको वीरगन्जस्थित एक व्यापारिक प्रतिष्ठानमा भीषण आगलागी भएको छ । बुधबार बिहान करिब सवा २ बजे वीरगन्ज महानगरपालिका १६ स्थित रोहित केमिकल ट्रेडर्स र रोहित सेल्स स्टोरमा उक्त आगलागी भएको हो । आगो निभाउन नेपाल र सशस्त्र प्रहरीकोसमेत गरी ४३ सुरक्षाकर्मीको टोलीले संलग्न थियो ।आगो वीरगन्ज महानगरपालिकाको दमकल, पोखरिया […]
रौतहटमा यात्रुबाहक बसमा भीषण आगलागी, लाखौंको क्षति

सामाजिक फीड-जनकपुरधाम, कात्तिक ५ गते । रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुबाहक बसमा अचानक आगलागी भएको छ। आगलागीका कारण बस पूर्णरूपमा जलेर नष्ट भएको छ भने करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले जानकारी दिएका छन्। काठमाडौँबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० […]
बारा र पर्सामा ८ लाखले लिए हैजा विरुद्धको खोप

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते । हैजा संक्रमण फैलिएपछि बारा र पर्सामा ८ लाखजनाले हैजाविरुद्धको खोप लगाएका छन्।सरकारले हैजा संक्रमण तीव्र भएपछि असोज २६ गतेदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो। १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले हैजा विरुद्धको खोप लिएको परिवार कल्याण […]
दिपावलीमा सर्लाहीको विभिन्न स्थानमा आगलागी हुँदा दुई करोड भन्दा बढीको क्षति

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते । दीपावलीको उल्लासमय माहोलकै बीच सर्लाहीका तीन ठाउँमा आगलागी भएको छ । लक्ष्मीपूजाको राती भएका ती आगलागीका घटनामा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। लालबन्दी नगरपालिका–५ मेजरगन्जमा राति करिब साढे ११ बजे कैलाश साहको किराना गोदाममा आगलागी भएको हो। इँटाले बनेको […]
सप्तरीमा गोली हानी पुजारीको हत्या

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते । सप्तरीमा गोली प्रहार गरी एकजना मन्दिरका पुजारीको हत्या गरिएको छ । शनिबार राति अज्ञात समुहले बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको हो । अज्ञात समुहले प्रहार गरेको गोली लागेर स्थानीय पुजारी ७० वर्षीय रामदुलार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ […]