Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, फागुन ९ गते ।

रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गौर-पिपरा सडकखण्ड अन्तरगत राजदेवी नगरपालिका पथरामा प्र २-०३-०१८ प २३४६ र बीआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिकाका अशोक महतो र राजदेवी नगरपालिका २ का अरविन्द महतोको मृत्यु भएको प्रहरीले जनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालले तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका क्रममा ल्याउँदै गर्दा मृत्यु भएको जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *