सामजिक फीड-
जनकपुरधाम, माघ १३ गते ।
सशस्त्र प्रहरीले प्रतिबन्धित तथा उत्तेजक प्रकृतिका औषधिसहित गौर भन्सार कार्यालयको मुख्य ढाँटबाट एक जनालाई पक्राउ गरेको छ।
राजपुर नगरपालिका ६ बस्ने ३८ वर्षीय रामनारायण यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताए ।
सोमबार दिउँसो नियमित जाँचमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शङ्कास्पद अवस्थामा बोकेको झोला खानतलासी गर्दा ठुलो परिमाणमा औषधीसहित यादवलाई पक्राउ गरेको हो।
यादवको साथबाट शरीरलाई उत्तेजक पार्ने जेनेग्रा रेड ६० पत्तामा २४० ट्याब्लेट, न्यूरोबियन ३०० ट्याब्लेट, क्याल्सियम सेन्ड्रम २ बोतल, रुमाकोर्ट ४० ट्याब्लेट, डोलोजेसिक २०० ट्याब्लेट, ननफोर्स ८० ट्याब्लेट, ओस्टो क्याल्सियम २ डिब्बा लगायतका औषधी बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद औषधी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।