धनुषामा खाने तेलको उद्योगमा भीषण आगलागी, १५ करोडको क्षति भएको दाबी

सामाजिक फीड–जनकपुरधाम, वैशाख ४ गते । धनुषामा एक खाने तेलको उद्योगमा भीषण आगलागी भएको छ। मिथिला नगरपालिका-७, ढल्केबरस्थित रहेको जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति आगलागी भएको हो। जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो निभाइएको थियो। आगलागीको कारण भने […]
धनुषामा पुर्ववडाध्यक्ष महतोको शव फेला, सँगै रक्सी खाएका व्यक्तिहरु फरार

सामाजिक फीड–जनकपुरधाम, वैशाख ३ गते । धनुषामा एक पुर्ववडाध्यक्ष मृत फेला परेका छन् । सबैला नगरपालिका-१२, का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गणेशमान चारनाथ नगरपालिका-९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा महतोको शव बुधबार राति ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । […]
लोकसेवा आयोगले दलित कोटामा गैरदलितलाई पास गरेको भन्दै सिरहाका विद्यार्थीले सर्वोच्चमा दिए मुद्दा

सामाजिक फीड–जनकपुरधाम, वैशाख २ गते । दलित आरक्षण अन्तर्गत गैरदलित उम्मेदवारलाई उत्तीर्ण गराइएको भन्दै सर्वोच्च अदालतमा सिरहाका एकजना विद्यार्थीले मुद्दा दायर गरेका छन् । लोक सेवा आयोगअन्तर्गत स्वास्थ्य सेवाको हेल्थ इन्स्पेक्सन समूह, पाँचौं तहको हेल्थ असिस्टेन्ट (एचए) पदको नतिजा विवादमा परेको हो । दलित आरक्षण अन्तर्गत गैरदलित उम्मेदवारलाई उत्तीर्ण गराइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि […]
रास्वपा सांसद अमरेश सिंह विरुद्ध जलेश्वरमा आफ्नै पार्टीका नेता कार्यकर्ताले गरे प्रदर्शन

सामाजिक फीड–जनकपुरधाम, चैत ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापाका) नेता एवं प्रतिननिधिसभा सदस्य अमरेशकुमार सिंह विरुद्ध महोत्तरीको जलेश्वरमा प्रदर्शन भएको छ । रास्वपाकै नेता कार्यकर्ताले उनीविरुद्ध प्रदर्शन गरेका हुन् । सिंह आज जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । […]
नाप नक्सा अनुसार बाटो निर्माणको माग गर्दै लक्ष्मनिया गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

सामाजिक फीड–जनकपुरधाम, चैत २७ गते । धनुषाको लक्ष्मनिया गाउँपालिका वडा नम्बर ४ सपहीचोकदेखि कलिया ठाकुरको फुलबारी हुँदै रम्दैयासम्मको बाटो नक्सा अनुसार निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । निर्माण भइरहेको बाटो हाल नाप नक्सानुसार नभैरहेको भन्दै स्थानीयले गाउँपालिका अध्यक्षलाई गाउँलेहरु संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नाप नक्सा अनुसार सडक निर्माण गराउनुपर्ने स्थानीय सरकारको […]
महोत्तरीबाट निर्वाचित भएका श्रममन्त्री दिपक साहलाई पदबाट हटाउने तयारी,यस्तो छ कारण

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई प्रधानमन्त्री बालेन्द्र शाहले पदबाट हटाउने तयारी गरेका छन्। श्रमन्त्री साह विवादमा मुछिएको र काम गर्ने शैली समेत चित्तबुझ्दो नभएको भन्दै उनलाई हटाउने तयारी भएको हो । उनलाई हटाएर प्रधानमन्त्री शाहले नयाँ मन्त्री बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ । फागुन २१ […]
सर्लाहीको हरिवनमा डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आयो

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा केही घण्टा राजमार्ग अवरुद्ध भएको छ। बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने डाइभर्सन बगाउँदा बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। राजमार्ग चार लेनमा स्तरोन्नति भइरहेका कारण पुरानो […]
रौतहटको मालपोत कार्यालयबाट चार बिचौलिया पक्राउ, सेवाग्राहीबाट रकम असुलीमा संलग्न

सामाजिक फीड-जनकपुरधाम, चैत २० गते । रौतहटको गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट प्रहरीले चार जना बिचौलियालाई पक्राउ गरेको छ। सरकारले मालपोत कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्न निर्देशन दिएपछि आज प्रहरी टोली कार्यालयमा पुगेको थियो। सो क्रममा सेवाग्राहीसँग रकम लिएर काम गराइदिने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद […]
धनुषाबाट ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २० गते । धनुषाको लालगढबाट ४० हजार घुस सहित सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाटै पक्राउ गरेको हो । अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका […]
जनकपुरको मोनास्टिक स्कुलले सचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व अटिजम दिवस मनायो

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । जनकपुरधामस्थित मोनास्टिक आवासीय माध्यमिक विद्यालयले विशेष सचेतनामूलक कार्यक्रम आयोजना गगरी विश्व अटिजम सचेतना दिवस मनाएको छ । विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई अटिजम अर्थात् मस्तिष्क विकाससँग सम्बन्धित अवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको हो । कार्यक्रममा वक्ताहरूले अटिजम भएका व्यक्तिहरूको सोच्ने, बुझ्ने र अभिव्यक्त गर्ने तरिका सामान्यभन्दा फरक […]