Samajik Feed – News Portal from Nepal

सर्लाहीमा ७ किलो गाँजासहित दुई भारतीय पक्राउ

सामाजिक फीडजनकपुरधाम, फागुन १६ गते । सर्लाहीबाट लागूऔषध ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत सुतिहारा बारा ६ बस्ने वर्ष २० का छोटु पासवान र लहुरिया ९ का २५ वर्षीय मोहमद समिम शेष रहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए […]

मधेश प्रदेश : प्रहरीले एक कठ्ठा खेतको अफिम खेती नष्ट गर्यो

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । बारा प्रहरीले अफिम खेती फडानी गरी नष्ट गरेको छ । एक कठ्ठा जग्गामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श, बाराबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिकामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम […]

सिरहामा २१ वर्षीया युवतीलाई आशारामले बलात्कार गरेको आरोप

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । सिरहामा २१ वर्षीया युवती बलात्कृत भएकी छिन् । धनगढीमाई नगरपालिका–१० बस्ने ३७ वर्षीय अशाराम दासले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो। दासले ती युवतीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका–१० धनगढीस्थित आँपको बगैचामा लगेर बलात्कार […]

जनकपुरबाट चोरी भएको बच्चा महोत्तरीमा भेटियो

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । जनकपुरमा घरमै खेलिरहेको अवस्थाबाट अपहरणमा परेका एकजना बच्चालाई प्रहरीले उद्धार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित डेरा लिएर बसिरहेका महोत्तरीको पिपरा गाउँपालिका–७ स्थित २८ वर्षीय रुपेश झाका एक वर्षीय छोरा रुद्धाआंश शनिवार साँझ ५ बजे अपहरणमा परेका थिए । आफ्नै डेरा कोठा अगाडी प्यासेजमा खेलिरहेको अवस्थाबाट एक महिलाले […]

सर्लाहीबाट गाँजा र ३ लाख ८० हजार रुपैयाँ सहित चार जना पक्राउ

सामाजिक फीडजनकपुरधाम , फागुन १४ गते । प्रहरीले सर्लाहीबाट गाँजासहित चार जनालाई पक्राउ गरेको छ। दुई फरकफरक ठाउँबाट उनिहरुलाई पक्राउ गरेकोजिलला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ। पक्राउ पर्नेमा एक जना महिला छिन्। सर्लाहीको हरिवनबाट एक महिला र बागमतीबाट तीन किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए। बागमती नगरपालिका- […]

अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि धनुषामा कार्यरत दुई प्रहरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, फागुन १४ गते । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई प्रहरी अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादव पक्राउ परेका हुन् । आर्थिक लाभको लागि पीडितबाट बिभिन्न कम्पनीको ३१ वटा मोबाइल लिई फिर्ता गर्न […]

जनकपुरको पर्यटन प्रवर्द्धन गर्ने ‘गाइडबुक’तयार

सामाजिक फीडजनकपुरधाम ,फागुन १३ गते । जनकपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधामको पुस्तक ( गाइडबुक )तयार पारिएको छ। जनकपुरमा आयोजित जनकपुर साहित्य महोत्सव पाँचौ संस्करणको अवसरमा उक्त पुस्तकको विमोचन गरिएको हो। पुस्तकले जनकपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जनकपुर मन्दिरसँगै यस आसपासका अन्य पर्यटकीयस्थलहरूको बारेमा जान्ने अवसर पाउने अपेक्षा गरिएको छ। उक्त पुस्तकमा जनकपुरधामको […]

मधेश प्रदेश : नक्कली रुपैँया लिएर सामान किनिरहेका एकजना प्रहरीको फन्दामा

समाजिक फीडजनकपुरधाम, फागुन ११ गते । बारामा नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । निजगढ नगरपालिका–९ स्थित बजारमा नक्कली नोट दिई सामान खरिद गर्दैगरेको अवस्थामा एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । इलाका प्रहरी कार्यालय […]

सर्लाहीबाट ११६ किलो गाँजासहित एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । सर्लाहीबाट ११६ किलो अवैध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालिका ३ नयाँ बस्ती चौकबाट पूर्वी नवलपरासी गैडाकोट नगरपालिका ११ का ३० वर्षीय सूर्य परियारलाई प्रहरीले कारमा लुकाइ राखेको गाँजासहित पक्राउ गरेको हो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुका अनुसार परियारलाई सर्लाहीको बागमती नगरपालिका […]

पथलैयामा बाघको आक्रमणबाट दुईजना घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । बाराको पथलैयामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा रौतहटको बौधीमाई नगरपालिका ३ पटेर्वाका ३० वर्षीय कृष्ण साह बनिया र ३५ वर्षीय राजु साह बनिया छन् । दुबैजना मोटरसाइकलमा सवार भएर जाँदै गर्दा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ दुधावरा पुल नजिक बाघले आक्रमण […]

error: Content is protected !!