समाजिक फीड
जनकपुरधाम, कात्तिक १३ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबीच जनकपुरधाममा शिष्टाचार भेटघाट भएको छ ।
बिहीवार मधेश भवनमा भएको भेटघाटको क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गर्दै ती क्षेत्रको समृद्धिका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य हुनेमा जोड दिए ।
उनले प्रदेशको समग्र विकासका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि बताए । बेलायती टोलीकी प्रमुख सिननले प्रदेश सरकारका विकास प्रयासहरूमा सहकार्य र समर्थनका लागि दूतावास प्रतिबद्ध रहेको बताउँदै सम्भावित सहकार्यका क्षेत्रमा छलफल गर्न इच्छा व्यक्त गरे ।