Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १५ गते

धनुषाको बटेश्वर गाउँपालिका वडा नं १ जनमुक्ति नगर स्थित मटुक महतो रन्की देवी आधारभूत विद्यालयको रजत जयन्ती, सालिक अनावारण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा सेवा निवृत्ति भएका सो विद्यालयका संस्थापन कार्यकालदेखिका प्रधानाध्यापक राम वृक्ष महतोको विदाई समेत भएको छ।

पूर्व सांसद राम लखन महतोले स्वर्गीय आफ्ना आमाबुवाको मृत्यु भोजको साटो २०५३ साल कार्तिक १५ गते सो विद्यालयको स्थापना गरेका थिए । समाजका बालबालिका पढ्न पाउन्, शिक्षित होस् भन्ने उदेश्यले ८ कठ्ठा जग्गा दान गरी महतोले आफ्ना स्वर्गीय आमाबुबाको नाममा  विद्यालयको स्थापना गरेका थिए । सांसद महतो बितेको ६ वर्षको स्मृति दिवसको अवसर पारेर विद्यालयमा उनको शालिक स्थापना गरिएको छ ।


सालिकको अनावरण नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि रहेका पोखरेल सामुदायिक विद्यालयहरू योजनाबद्ध रूपमा अगाडि नबढ्दा गुणस्तरीय र पठनपाठन प्रभावकारी बन्न नसकेको बताए । उनले आजको शिक्षालाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद हरिनारायण महतोले स्वर्गीय पूर्व सांसद महतोले समाजका लागि गरेका योगदान र संघर्षका बारेमा चर्चा गरेका थिए ।

विदा माग्दै प्रअ महतोले आफ्नो कार्यकालमा विद्यालय स्थापना कालदेखि पूर्व सांसद महतो र आफूले  यहाँसम्म ल्याउँदा गरेको संर्घष र भगेका चुनौती बारे प्रकाश पारेका थिए । उनले आफ्नो कार्यकालमा भएको नराम्रा कार्यको अपजस आफूले र यस जति समाजलाई दिन चाहेको भन्दै भुलवस भएका त्रुटिगत कुराहरुको लागि क्षमा दिन आग्रह गरे ।

स्वर्गीय सांसदकी श्रीमती जहरीदेवी महतोको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा संस्थापनकालदेखि अहिलेसम्म योगदान दिएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।


शिक्षकसमेत रहेका सञ्चारकर्मी दिपेन्द्रप्रसाद सिंहले सञ्चालन गरेको सो रजत जन्तीमा बटेश्वर गाउँपालिकाकी उपप्रमुख फूलकुमारी सिंह, शिक्षा तथा समन्वय इकाई धनुषाका प्रमुख चेत कुमार पोखरेल लगायतले आआफ्ना मन्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *