Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ९ गते ।

लक्ष्मीनिया गाउँपालिका–७ मा युवाहरूको पहल र सक्रिय सहभागितामा गाउँपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पहिलो, दोस्रो र तेस्रो स्थानका लागि पुरस्कार, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको छ ।

गाउँपालिकाका पहिलो प्रशासकीय अधिकृत राजीव कुमार झालाको मुख्य पहल र समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा स्थानीय जनप्रतिनिधि, युवा, बुद्धिजीवी लगायत करिब दुई सयजनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकृत झाले आर्थिक अभावका कारण लोकसेवा आयोगको तयारी गर्न नसक्ने विद्यार्थीहरूका लागि निःशुल्क कक्षा सञ्चालन गरिने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *