Samajik Feed – News Portal from Nepal

मृतक आरतीकी सासु र देवर पक्राउ

सामाजिक फीड-जनपुरधाम, चैत ४ गते । आरती साह मृत्यु प्रकरणमा उनकी सासु पक्राउ परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका ७ थापाचोककी ५५ वर्षीया रेणुदेवी साहलाई आइतबार धनुषा प्रहरीले पक्राउ गरेको हो । आरती साह मृत्यु प्रकरणमा जिल्ला अदालतमा चलिरहेको कर्तव्य ज्यान मुद्दामा सासुलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनी लामो समयदेखि […]

सिक्सलेन सडकको सपहीमा चक्काजाम

सामाजिक फीडजनकपुरधाम, चैत ३ गते । जनकपुर ढल्केवर सिक्सलेन सडक खण्डको सपहीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । सिक्सेलनमा वर्षैदेखि निर्माणधीन पुलले पूर्णता नपाएको भन्दै स्थानीयले आज बिहान ९ बजेदेखि मध्याहन्न १२ बजेसम्मका लागि सडक अवरुद्ध गरेका हुन् । पुलले पूर्णता नपाउँदा आवतजावतमा कठिनाइको साथै धुलो उडेर हैरान पारेको स्थानीयको गुनासो छ ।यथाशीघ्र पुल निर्माणले […]

सिरहा घर भएको एक स्टाफ नर्सको बिराटनगरमा हत्या

समाजिक फीडजनकपुरधाम, चैत्र २ गते । बिराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको हो । उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको […]

सिरहामा खुकुरी प्रहार गरी फेरि श्रीमतीको हत्या, श्रीमान पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । सिरहामा श्रीमानले खुकुरी प्रहार गरी फेरी श्रीमतीको हत्या गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवीको हत्या भएको हो । आज दिउँसो साढे ३ बजेतिर श्रीमान श्रीदेव दासले श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले बताए । […]

महोत्तरीको जलेश्वरमा आज सार्वजनिक बिदा

समाजिक फीडजनकपुरधाम , चैत्र १ गते । महोत्तरीको जलेश्वर नगरपालिकाले आज नगरमा सार्वजनिक बिदा दिएको छ । मिथिला माध्यमिकी परिक्रमा यात्री आज जलेश्वर पुगेकाले नगरमा सार्वजनिक बिदा दिइएको हो । बुधबार नै नगरपालिकाले एक सूचना जारी गर्दै अति आवश्यक सेवा बाहेक नगरपालिका र सो मातहत रहेका सम्पूर्ण वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा नगरकार्यपालिकाको फागुन […]

जनकपुरमा प्रधानमन्त्रीसँग उपेन्द्र यादवको आपत्तिजनक तस्वीर बनाएर पोष्टर टाँस्ने दुईजना पक्राउ

समाजिक फीडजनकपुरधाम, चैत १ गते । जनकपुरमा उपप्रधान एवं स्वास्थय तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको आपत्तिजनक तस्वीर जोडेर पम्पलेट टाँसेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्री यादवको आपत्तिजनक तस्वीर रहेको पोष्टर टाँसेको भन्दै जनकपुरधाम उपमहानगरपालिका—७ बस्ने पंकज झा र वडा नम्बर १ बस्ने मनिष पुर्वेलाई पक्राउ गरेको प्रहरीले जनाएको । […]

मधेश प्रदेश : दुईवटा मन्दिरमा तोडफोड गर्ने व्यक्ति पक्राउ, पाँच वर्षसम्म जेल हुनसक्ने

समाजिक फीड जनकपुरधाम, चैत १ गते । सर्लाहीको मलंगवास्थित दुईवटा मन्दिरमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–८ बस्ने ३३ वर्षीय राकेश बैठा रहेको प्रहरीले जनाएको छ । मंगलवार साँझ मलंगवा नगरपालिका–८ स्थि रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाइ मन्दिरमा तोडफोड भएको थियो । ती दुबै […]

ढल्केवरमा ईमर्जेन्सी स्वास्थ्य सेवा संचालन, मेयर महतोद्वारा उदघाटन

सामाजिक फीडजनकपुरधाम, फागुन ३० गते । धनुषाको ढल्केवरमा नगर (ईमर्जेन्सी) आकस्मिक स्वास्थ्य सेवा संचालनमा आएको छ । नागरिकलाई चौबिसै घण्टा आकस्मिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको नगर आकस्मिक स्वास्थ्य सेवाको बुधबार मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख सुनिता सिंह बुढाथोकीले उदघाटन गरेका हुन । नगरपालिकाले ढल्केबरमा अवस्थित स्वास्थ्य चौकी परिसरभित्र रहेका भवनलाई […]

६२ रुपैंया जरिवाना तिर्न नसक्दा बिजुली साह पक्राउ

समाजिक फीड जनकपुरधाम, फागुन ३० गते । बारा प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–७ बेनौली घर भई हाल कलैया उप–महानगरपालिका–१ मोतिबाग बस्ने ५० वर्षीय बिजुली प्रसाद साह रहेको प्रहरीले जनाएको छ । बिहीवार अस्थाई प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]

जलेश्वरमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

समाजिक फीड जनकपुरधाम, फागुन ३० गते । महोत्तरीमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जलेश्वर नगरपालिका–३ मलिवारामा बुधवार दिउँसो मङ्गल पाण्डेकी दुई वर्षीया छोरी रुचि पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि खेल्दै उनी घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता […]

error: Content is protected !!