सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २७ गते ।
मधेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले आज पदभार ग्रहण गरेका छन् । काठमाडौंबाट जनकपुरधाम आएका उनलाई विमानस्थलमा र प्रदेश प्रमुख कार्यालयमा भव्य स्वागत गरिएको छ ।
प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्न पुगेका लाभलाई रातोकार्पेटमा स्वागत गरिएको छ ।
गत सोमबार प्रध्यापक डा। लाभलाई संघीय सकरारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख नियुक्त गरेका थिए । मंगलबार उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रदेश प्रमुख लाभले संविधान र जनताको भावना अनुसार काम गर्ने बताएका छन् ।
मधेश प्रदेशमा निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटेलमा शपथ ग्रहण गराएपछि विवाद उत्पन्न भएको छ । अमर्यादित कार्य गरेको भन्दै भण्डारीलाई सरकारको सिफारिसमा पदमुक्त गरिएको छ ।