Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २७ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जेनजी आन्दोलनपछि प्रभावित भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार गरेको छ ।

कार्यालयले मंसिर महिनाभर बेलुका ५ बजेसम्म सेवा सञ्चालन हुने जनाएको हो ।

बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले मंसिर १ गते सोमबारदेखि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित रूपमा सेवा सञ्चालन हुने जनाएको छ भने महिनाभर अतिरिक्त एक घण्टा थप गरी बेलुका ५ बजेसम्म कार्यालय खुला रहने जनाएको छ ।
राष्ट्रिय परिचयपत्र दर्ता र बायोमेट्रिक विवरण अद्यावधिक कार्यको सहज र तीव्र सेवा प्रवाहका लागि स्टेसन थप गरी सेवा विस्तार गरिएको जारी सूचनामा उल्लेख छ ।

कार्यालयले स्थानीय तहहरूलाई आफ्ना वडा र नागरिकबीच यो जानकारी तत्कालै पुर्‍याउन निर्देशन समेत दिएको छ । राष्ट्रिय परिचयपत्र दर्ता गर्न आउने सेवाग्राहीको भीड बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सेवा समय विस्तार गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *