Samajik Feed – News Portal from Nepal

सिरहामा २ क्विन्टलभन्दा बढी गाँजा बरामद

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । सिरहामा दुई क्विन्टलभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ । भगवानपुर गाउँपालिका(२ स्थित बलान नदीको किनार क्षेत्रबाट सशस्त्र प्रहरीले २ क्वीन्टलबढी गाँजा नियन्त्रणमा लिएको हो । शुक्रबार बिहान ३ बजेको समयमा बलान खोला किनारमा गाँजा रहेको भन्ने गोप्य सूचनाका आधारमा सशस्त्रको टोलीले ९ वटा बोरामा रहेको २ सय […]

बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान सञ्चालन

समाजिक फीड जनकपुरधाम, असोज २३ गते । सरकारले बारा र पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा, विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफको प्राविधिक सहयोगमा यो अभियान असोजदेखि कात्तिक महिनाभित्र सञ्चालन गरिनेछ। पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरू र बारा जिल्लाका ६ स्थानीय […]

सिराहामा बिहान ७ बजे बाट राष्ट्रिय परिचयपत्र बनाइँदै

समाजिक फीड जनकपुरधाम, असोज २३ गते । जिल्ला प्रशासन कार्यालय, सिराहाले राष्ट्रिय परिचयपत्र बनाउने समय तालिकामा परिवर्तन गरेको छ। सेवाग्राहीको अत्यधिक भीडका कारण अब यो सेवा बिहान ७ बजेबाट सुरु हुने भएको छ। दसैँ मनाउन घर फर्किएका नागरिकहरू राष्ट्रिय परिचयपत्र बनाउन कार्यालय पुग्दा भीड बढेपछि समय परिवर्तन गरिएको हो। सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज […]

सर्लाहीमा सर्पले टोक्दा महिलाको मृत्यु

समाजिक फीड जनकपुरधाम, असोज २३ गते । सर्लाहीमा सर्पले टोक्दा एक महिलाको मृत्युु भएको छ । जिल्लाको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पदंशका कारण स्थानीय रवीन्द्र यादवकी ४२ वर्षीया श्रीमती नयनदेवी यादवको मृत्यु भएको हो । बुधबार दिउँसो महिलालाई गोमन सर्पले टोक्दा परिवारका सदस्यले उनलाई नजिकैको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए।तर अवस्था गम्भीर बन्दै गएपछि […]

जनकपुरधाममा किशोरीको बलात्कार तथा बल्याकमेल गरेको आरोपमा युवक पक्राउ

समाजिक फीड जनकपुरधाम, असोज २३ गते । जनकपुरधाममा किशोरीलाई बोलाएर बलात्कार तथा बल्याकमेल गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेको प्रहरीले जनाएका छन् । प्रहरीले उनलाई गत मंगलबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी […]

सर्लाहीमा प्रहरीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । सर्लाहीमा प्रहरीलाई कुटपिट गरेको तथा प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।सर्लाहीको गोडैता नगरपालिका–७, का वडाध्यक्ष ४० वर्षीय छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको सर्लाहीका प्रवक्ता प्रहरी नायव […]

महोत्तरीमा रातो नदिको तटबन्ध भत्किँदा १५ करोडको क्षति

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । महोत्तरीमा रातो नदीको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ ।बाढी नियन्त्रणका लागि नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा […]

धनुषामा ट्युशन पढाएर गुजारा गर्ने एकजनाको करेन्ट लागेर मृत्यु

समाजिक फीड जनकपुरधाम, असोज २१ गते । धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विदेह नगरपालिका–२ दुहबीमा सोमवार राति करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ । राति करिब १०ः३० बजेतिर सुत्न जाँदै गर्दा ढोका बन्द गर्ने क्रममा फलामे गेटमा करेन्ट प्रवाह भई पण्डित गम्भीर घाइते भएका उनको अस्पताल लैजाँदैगर्दा […]

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रुको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । सप्तरीमा पिकअपको ठक्करबाट एक युवकको मृत्युु भएको छ । जिल्लाको खड्क नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा कुखुरा बोकेको पिकअपले ठक्कर दिँदा पैदलयात्री डाक्नेश्वरी नगरपालिका १० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको मृत्यु भएको हो। गएराति करिब ११ बजेको समयमा बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको नम्बर नखुलेको कुखुरा बोकेको पिकअप गाडीले […]

जनकपुरधाममा दुई समुदायबीचको विवादपछि पुरानै निर्णय कार्यान्वयन गर्ने सहमति

सामाजिक फीड-जनकपुरधाम, असोज २०  गते । जनकपुरधाममा दुर्गाको प्रतिमा विसर्जनका क्रममा दुई समुदायबीच भएको विवादपछि पुरानै निर्णयलाई कार्यान्वयन गर्ने सहमति भएको छ।जनकपुरधाम उपमहानगरपालिका–२० मा गत शुक्रबार दुर्गा मूर्ति विसर्जनका क्रममा र आइतबार हिन्दु र मुस्लिम समुदायबीच भएको घटनापछि सोमबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सर्वदलीय बैठकले यसअघि भएका निर्णयहरू पूर्ण रूपमा लागू गर्ने निर्णय गरेको हो।राजनीतिक […]