सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २१ गते ।
कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक बालक दुई दिनपछि मृत फेला परेका छन्।
रामनगर गाउँपालिका–१ खैर्वाका मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिक बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा हराएका थिए।
दुई दिनको खोजतलासपछि उनको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार बिहान करिब ८ बजे शव फेला पारेको प्रहरीले जनाएको छ।