Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २४ गते ।

मधेस प्रदेश सरकार असंवैधानिक तरिकाले गठन भएको भन्दै नेपाली कांग्रेससहित सात दलले सर्वोच्च अदालत जाने भएका छन्।

मुख्यमन्त्री निवासमा सोमबार बसेको सात दलको बैठकले अदालतमा जाने निर्णय गरेको नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए। यादवका अनुसार सात दलका ७४ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी समर्थन जुटाइसकेका छन्। यस मुद्दा दलको तर्फबाट नभई सांसदहरूकै तर्फबाट सर्वोच्च अदालतमा दर्ता हुनेछ।

साथै, यादवले सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग लगाउने विषयमा पनि छलफल भइरहेको बताए।

सात दलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

सात दलको निष्कर्ष अनुसार, संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुनुपर्नेमा उपधारा ३ अनुसार सरकार गठन गरिएको हुँदा संविधान विपरित कदम चालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *