सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २१ गते ।
सर्लाहीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दुर्घटनामा परेका चन्द्रनगर गाउँपालिका-५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि लगिएकोमा राति करिब ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, मोटरसाइकलको पछाडि सवार बरहथवा नगरपालिका ७ बस्ने १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन् ।
बिहीबार साँझ करिब सावा ६ बजेको समयमा काबिलासी नगरपालिका ६ मदनपुर बजारबाट पाँच सय मिटर पूर्व भित्री सडकखण्डमा सल्लेमपुरबाट बरहथवा तर्फ जादै गरेको आलु प्याज लोड गरेको ज १ त ६२०३ नम्बरको ट्याक्टर र सोही दिशा तर्फ जादै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल ट्याक्टर सँग ठक्कर खाँदा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएका छन् ।