Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २४ गते ।

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै नाराबाजी गरेका छन ।

अहिले उनीहरुले प्रदेश प्रमुख र सरोज यादवविरुद्ध मधेश भवनभित्र टायर बालेर प्रदर्शन गरिरहेका छन ।

यसअघि मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्रीको निवासमा भएको एमाले बाहेकका दलहरुको बैठकले कानुनी उपचारसँगै आन्दोलनमा जाने निर्णय गरेको छ ।

एमाले बाहेकको दलहरुले जितेन्द्र सोनललाई नै ३ महिना मुख्यमन्त्री बनाउने सहमती गरेका छन । सहमती अनुसार ३ महिनापछि लोसपाले नेतृत्व छोड्नेछ र कांग्रेसले प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *