Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २३ गते ।

पर्साको वीरगञ्जमा तस्करी गरि ल्याइएको औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ । शनिबार सशस्त्र प्रहरीले विभिन्न किसिमका मानिसले सेवन गर्ने औषधिसहित बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर बस्ने १८ वर्षीय हरिओमकुमार पासवानलाई पक्राउ गरेको हो ।

सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले पासवानलाई वीरगञ्ज महानगरपालिका १६ इनर्वास्थित खेतबाट भारतबाट अवैध रूपमा टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ५८ हजार ९१३ रुपैयाँ बराबरको औषधिसहित पक्राउ गरेको हो।

पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि औषधिसहित वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *