सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २० गते ।
सिरहा प्रहरीले ब्राउन सुगर बेच्ने दुई जना युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका ७ जिवा टोल बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।
बुधबार साँझ मिर्चैया ७ जिवा टोल स्थित लागूऔषध ब्राउन सुगर बिक्रि बितरण भइरहेको सूचनाको आधारमा प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्स्रहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जिल्ला प्रहरी कार्यलाय र इलाका प्रहरी कार्यालय मिर्चेया सिरहाबाट खटेको संयुक्त प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरी दिपेन्द्रको घरमा खानतलासी गर्दा घरको फ्रिजमा लुकाई छिपाई राखिएको लागुऔषध ब्राउन सुगर प्लाष्टिक सहित २ ग्राम ६४० मिलिग्राम, डिजिटल तराजु १ थान, उनीहरुले प्रयोग गरेको मोबाईल २ थान बरामद गरेको जनाएका छन् ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।