सामाजिक फीड-
जनकपुरधाक, कार्तिक २१ गते ।
सर्लाहीको बागमती खोलामा डुबेर बेपत्ता बालकको शव दुईदिनपछि फेला परेको छ ।
गत कार्तिक १९ गते बिहान साढे ६ बजे सर्लाही रामनगर गाउँपालिका १ खैर्वा बस्ने मनोज यादवको छोरा १४ वर्षीय आशिक यादव कार्तिक पुर्णिमाको अवसरमा बागमती खोलामा नुहाउन जाँदा बेपत्ता भएका थिए ।
उनको शव नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलिले खोजतलासको क्रममा आज बिहान ८ बजे रौतहटको दुर्गा भगवती गाउँपालिका – २ स्थित बागमती नदीको किनारमा फेला परेको हो ।
घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।