Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २३ गते ।

रौतहटको ४ स्थानीय तहले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिएका छन्।

जिल्लाको राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आइतबारका दिन नगरपालिकाभरि शोक बिदा दिएको छ ।

कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आलमको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा शुक्रबार राति निधन भएको थियो।
लामो समयदेखि उनी पार्टीका प्रभावशाली नेतामध्ये एक मानिन्थे ।


नगरपालिकाहरूले सार्वजनिक सूचना जारी गर्दै आफ्ना कार्यालय र मातहतका निकायहरूमा कार्य स्थगन गरी शोक बिदा दिइएको जनाएको हो ।

इँटा भट्ठामा जिउँदै मान्छेलाई जलाएको घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएपनि उच्च अदालत जनकपुर वीरगञ्ज इजलाशले सफाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *