Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २३ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी परामर्शमा जुटेकी छन्। उनले नयाँ सरकार गठनका सम्भावनाबारे विभिन्न राजनीतिक दलका नेतासँग छुट्टाछुट्टै भेटवार्ता सुरू गरेकी छन्।

संवैधानिक अन्यौलताका कारण नयाँ सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको बताइन्छ। प्रदेश प्रमुख भण्डारीले सभामुख रामचन्द्र मण्डल, नेपाली कांग्रेसका प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादव लगायतका नेतासँग परामर्श गरेकी हुन्।

पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका सोनलले शनिबार विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए, तर आवश्यक समर्थन नपाउने स्थिति देखिएपछि उनले प्रदेशसभामै राजीनामा घोषणा गरेका थिए।

नेपालको संविधानको धारा १६८९२० अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। विश्वासको मत नपाउने अवस्था स्पष्ट भएपछि सोनलले पदबाट राजीनामा दिए। त्यसपछि अब संविधानको कुन धारा-१६८९२० वा १६८९३०-अन्तर्गत नयाँ सरकार गठन गर्ने भन्ने विषयमा अन्यौलता उत्पन्न भएको हो।

प्रदेश प्रमुख भण्डारीले सोही अन्यौलका कारण अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गर्न नसकेकी हुन्। यसबीच, मधेस प्रदेशमा प्रमुख दलहरूबीच राजनीतिक समीकरण मिलाउने प्रयास तीव्र बनेको छ। हाल प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेस रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *