चार महिनामा वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोड बराबरको उत्पादन निर्यात

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएको छ ।गत आवमा पहिलो चार महिनामार १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए । वीरगञ्ज नाका हुँदै १७ अर्ब ३२ करोडको भटमासको तेल र दुई अर्ब ६० […]
विवाह पञ्चमीमा सफाइ गरेको भन्दै २१ सफाइकर्मी सम्मानित

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । सीताराम विवाहपञ्चमी महोत्सवमा सरसफाइ गरेको भन्दै २१ जना सफाइकर्मी सम्मानित भएका छन् । विवाह पञ्चमीको अन्तिम दिन आज जनकपुरधामस्थित जानकी मन्दिरले पहिलो पटक २१ जना सरसफाइकर्मीलाई विशेष सम्मान प्रदान गरेको हो । मन्दिर परिसरमा निर्माण गरिएको विवाहमञ्चमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सरसफाइमा निरन्तर खटिनेमध्ये २१ जनालाई […]
स्नातक पढेर बेरोजगार रहेका युवालाई मासिक भत्ता र धानबालीमा क्षति व्यहोरेका किसानलाई राहत दिने मधेश सरकारको योजना

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । मधेश प्रदेश सरकारले स्नातक पढेर बेरोजगार रहेका युवालाई मासिक भत्ता र धानबालीमा क्षति व्यहोरेका किसानलाई राहन दिने तयारी थालेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बेरोजगार युवालाई मासिक २ हजार र खडेरी तथा डुबानबाट भएका धानबालीमा क्षति व्यहोरेका किसानहरुलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने भएको हो […]
सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार साँझ लालबन्दी नगरपालिका ७ मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका २ का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको […]
बारामा प्रहरी र तस्करबीच मध्यराति गोली हानाहान

सामाजिक फीड-जनकपुरधाम, मंसिर ९ गते । बारामा गएराति प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान भएको छ। आइतबार मध्यराति गाँजासम्बन्धी सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट निस्किएको गस्ती टोली र तस्कर समूहबीच पचरौता नगरपालिका–६, बेल्दारी गाउँस्थित दसगजामा भिडन्त भएको हो। प्रहरीको फायरिङ पछि तस्करहरूले प्रयोग गर्दै आएका चारवटा भारतीय मोटरसाइकल छाडेर भारततर्फ भागेका थिए। त्यतिबेला ट्र्याक्टरमा […]
विवाहपञ्चमीको अवसरमा मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिएको छ। मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भोलि प्रदेशभर सार्वजनिक विदा रहेको जनाएको हो । जनकपुरधाममा जारी साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत मुख्य दिन भोलि स्वम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेकोमा संघ सरकारले बिदा […]
सिराहामा १ हजार किलोभन्दा बढी गाँजा सहित ट्रक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित एक ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ। आइतबार पश्चिमबाट पूर्वतर्फ गइरहेको नम्बर ना५ख ३२०९ को ट्रकलाई लहान-१, ट्राफिक चोकमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा १,०१५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश […]
विवाहपञ्चमीमा भिड व्यवस्थापनका लागि मन्दिर क्षेत्रमा प्रवेश निषेध

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । विवाहपञ्चमी महोत्सवमा भक्तजनको भीड बढेसँगै जानकी मन्दिर वरिपरिको क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। सीताराम विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विशेष गुरु योजना तयार गरी लागू गरेको हो। धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार महोत्सव अवधिभरका लागि १४० जना ट्राफिक […]
महोत्तरीमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । महोत्तरीमा घरायसी विवादमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । महोत्तरी प्रहरीले गत भदौ २४ गते दिउँसो करिब ३ बजेको समयमा महोत्तरी गाउपालिका ३ मडै बस्ने ७० वर्षीय जोगेन्द्र ठाकुरको हत्या गरेको आरोपमा २६ वर्षीय छोरा अजय कुमार ठाकुरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता […]
जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । आइतबार जनकपुरधाममा शोभा यात्रापछि जानकी मन्दिरमा चुनरी माता जानकीलाई चढाइएको हो । भारतको सुरतको जीन माता ट्रस्टले पठाएको चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए । ट्रस्टले यस अघि पनि […]