Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २३ गते ।

मधेशमा जसपा नेपालबाट राष्ट्रिय सभा सदस्यका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । जसपाबाट अल्पसंख्यक तर्फ शैलेश चौधरी, महिला तर्फ चन्दा साह र दलित तर्फ चमेली देवी दासको उम्मेदवारी दर्ता भएको हो ।

अन्यबाट भने लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । महन्थलाई जसपा नेपाल, नेपाली काँग्रेस र नेकपा एमालेको पनि समर्थन रहेको छ । अन्य पदमा जसपा नेपालले छुट्टै उम्मेदवारी दर्ता गराएको हो । केही समय अघि जसपा नेपाल र लोसपा बीच पार्टी एकीकरणको निर्णय नै भएको थियो ।

जनकपुर निर्वाचन कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
जसपाबाट उम्मेदवारी दिने चौधरी सप्तरी, साह सिरहा र दास धनुषाकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *