Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २३ गते ।

मधेशमा चारजना राष्ट्रिय सभा सदस्यकाले लागि हुने निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट एकजना उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेसबाट अल्पसंख्याक तर्फ सप्तरीका रञ्जित कर्णको उम्मेदवारी दर्ता भएको छ भने दलित तर्फ रौतहटका धर्मेन्द्र पासवानको उम्मेदवारी परेको हो । यस्तै महिला तर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी छन् ।

जनकपुर स्थित निर्वाचन कार्यालयमा उनीहरुले मनोनयन दर्ता गराएक छन् । यस्तै खुल्लाबाट सो गठबन्धनले जसपाको समर्थनमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गारएका हुन् । एमाले र काँग्रेसले सो पदमा भने उम्मेदवारी दर्ता गराएको छैन ।
अल्पसंख्याकमा उम्मेदवारी दर्ता गराउने कर्ण संविधानसभा सदस्य र नेविसंघका पूर्व केन्द्रीय सभापति हुन् । दलित तर्फका पासवना भने दलित संघका केन्द्रीय सदस्य हुन् । उनी यसअघि कुनै अवसर पाएका थिएनन् ।

यस्तै महिला तर्फ उम्मेदवारी दिने एमालेकी झा २०७४ र २०७९ मा प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकी थिइन् । एमाले प्रदेशक किमिटी सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *