Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २३ गते ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थपिएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार चारवटा निर्वाचन क्षेत्रमा २५८ वटा मतदानस्थल तोकिएको हो ।

निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५३६ वटा मतदान केन्द्र कायम गरिएको हो । यसअघि महोत्तरीमा ४९९ वटा मतदान केन्द्र रहेकामा ३७ थप गरी ५३६ पुर्‍याइएको हो ।

निर्वाचन क्षेत्र नं १ मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र, निर्वाचन क्षेत्र नं २ मा ६२ मतदानस्थल र १३३ वटा मतदान केन्द्र कायम गरिएको झाले बताइन् ।

यस्तै, निर्वाचन क्षेत्र नं ३ मा ७७ मतदानस्थल र १४२ वटा मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं ४ मा ६० मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताइन । महोत्तरीमा चार लाख ३१ हजार २८२ जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *