सामाजिक फीड-
जनकपुरधाम, पुस २२ गते ।
नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री उमेश प्रसाद यादवले जनता सामाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । सप्तरी घर भएका यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् ।
तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका उनी पूर्वलडाकु हुन् ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका यादव त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा सिंचाइ मन्त्री बनेका थिए । तर ०७४ को निर्वाचनमा यादव सप्तरी ३ बाट उपेन्द्र यादवसँग पराजित भएका थिए ।