सामाजिक फीड-
जनकपुरधाम, पुस २२ गते ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताहरुले घेरेर नारावाजी गरेका छन् । कांग्रेसमा विशेष महाधिवेशनका पक्षमा रहेका कार्यकर्ताले पूर्वउपसभापति समेत रहेका निधिले विशेष महाधिवेशनलाई अवरोध गरेको भन्दै खनिएका हुन् ।
त्यसपछि नेता निधिसमेत उनीहरूको प्रतिवादमा उत्रिएका थिए । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाँदै गरेका निधिलाई पूर्वपट्टिको गेटबाट भित्र पस्नासाथ कार्यकर्ताले घेरेका थिए ।
असन्तुष्ट कार्यकर्ताहरूलाई प्रहरीले अघि बढ्न रोके पनि उनी विरुद्ध नाराबाजी चलिरहेको थियो । त्यसपछि निधिले तँ को होस्ु भन्दै उनीहरूविरुद्ध प्रतिवादमा उत्रिएका थिए ।
नेता निधिले पार्टी बैठकमा प्रवेश गर्न खोज्दा आफूमाथि दुव्यर्वहार गरिएको बताए । निधिले पार्टी कार्यालयको पूर्वपट्टिको बाहिर गेटमा उनीहरु घेरेर बसेको बताए । उनले आफूलाई घेरेर गाडी जान नदिएपछि हिँडेर भित्र पस्न लाग्दा चारैतिरबाट घेरेको बताए । उनले गाडीको हुटमा टाँसिएर आफुलाई गाली गर्न थालेको बताउँदै तीमध्ये कसैले नुवाकोटको भनेपछि आफूले तँ को होस् रु यस्तो बोल्ने कांग्रेस हुन सक्दैनन् भने ।
उनले विशेष महाधिवशनको कुरा भए शान्त वातावरणमा कुरा गर्न सकिने बताउँदै एकैचोटि विमलेन्द्र निधि मुर्दावाद भन्दै नानाभाँती बोल्न थालेको बताए ।
विशेष महाविधेशनपक्षधर नेताहरूले भने विज्ञप्ति निकालेर पार्टी केन्द्रीय कार्यालयमा आफूहरूको कुनै पनि कार्यक्रम नभएको जानकारी दिएको छ ।
विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस विशेष महाविधेशनको पक्षधरहरूको पार्टी कार्यालयमा कुनै पनि गतिविधि र कार्यक्रम नरहेको भन्दै जानकारी गराएको हो ।